चैत्र २५,डेस्क। एकडारा गाउपालिका वडा न. ५ बहेड़ा बाजार मा राति १ बजेको करीबमा आगलगी भएको छ ।महोत्तरीको एकडारा ग.पा वडा नं. ५ बहेडामा गएराति करीब १ बजेको करीबमा सुरेश शाह को जग्गामा भाडा लिएर रघुवीर शर्माले त्यो जाग्गामा घर निर्माण गरी रघुवीर फर्नीचर उद्योग सञ्चालनमा रहेको घर समेत जलेर नष्ट भएको छ।

त्यस्तै सोही आगलागिबाट विजय शाहको घर र त्यसमा सञ्चालित होटल कोल्ड स्टोर र त्यसै घरमा गणेश ठाकुर हजामको सैलुन जलेर नष्ट भएको छ ।

त्यही आगलागी बाट जगरनाथ शाहको घर र त्यसमा सञ्चालित सन्तोषी मिष्ठान भण्डार होटल जलेर नष्ट भएको छ उक्त आगलागिबाट लगभग नगद रु ५० लाख बराबरको धन क्षति भएको छ मानवीय क्षती नभएको स्थानीय जगर्नाथ शाह र सुरेश शाह ले जानकारी गराएको छ।