वैशाख १३,महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वरमा एकीकृत ग्रामीण बिकास समाज बर्दिबासको आयोजनामा वल्ड भिजन नेपालको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा ३ दिने प्राथमिक उपचार तालिम र बिपद पुर्ब तयारी तथा प्रतिकार्य तालिमको आयोजना गरिएको थियो ।

तालिम बिपद पुर्ब तयारी तथा प्रति कार्यका लागि स्थानिय स्तरमा दक्ष ब्यक्ति तयार गर्ने, कुनै प्रकारका दुर्घटना बिपदका घटना भएको अबस्थामा तत्काल उद्वार र प्राथमिक उपचार सेवा प्रदान गर्न सक्षम ब्यक्ति तयार गर्न तथा बिपद ब्यबस्थापनमा स्थानिय बिपद ब्यबस्थापन समितीलाई क्षमता अभिबृद्वी गर्ने विभिन्न उदेश्य बोकि तालिमको आयोजना गरिएको थियो र यस समापन कार्यक्रममा उपस्थित IRDS का उपाध्यक्ष फुलमाया घिसिङ , एकडारा गाउँपालिका का उपाध्यक्ष महजवी खातुन, से ना नि ध्रुव कार्की , स प्र नी दिव्याराज चोङ वाङ ,IRDS महोत्तरीका कुमार भण्डारी र पत्रकार लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।