महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं १ मा अवस्थित एकडारा स्वास्थ्य चौकीमा आज बागमती सेवा समाज नेपाल द्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वस्थ र पोषण परियोजनामा यायोजित शिशु प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम बालबालिकाको समग्र स्वास्थ्य मूल्यांकन, आमाहरूको जनचेतना अभिवृद्धि तथा पोषण सम्बन्धी व्यवहारमा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको थियो।

प्रतियोगितामा एकडारा गाउँपालिकाका विभिन्न टोलहरूबाट आमा र शिशुहरूको सहभागिता रहेको थियो। ६ देखि २४ महिनासम्मका शिशुहरूलाई विभिन्न स्वास्थ्य तथा पोषण सम्बन्धी सूचक मूल्याङ्कन गरियो।

सूचक मूल्याङ्कनका लागि प्रयोग गरिएका मुख्य शारीरिक तौल, उमेरअनुसारको वृद्धि, नियमित खोप सेवा, पोषणको अवस्था, आमा शिशु स्वास्थ्य सेवामा पहुँच तथा आमा स्वयंको पोषण व्यवहार रहेका थिए।

स्वास्थ्यकर्मीहरूको मूल्याङ्कनपछि उत्कृष्ट अङ्क प्राप्त गर्ने ४ जना शिशुहरूलाई क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी ४ जनामा चयन गरियो। विजयी शिशुहरूलाई सम्मान स्वरूप आकर्षक पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। त्यस स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी सी अनमी बबिता कुमारी मण्डलले यस्तो कार्यक्रमले समुदायमा बाल–आमा स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेकी थिइन् ।

यो कार्यक्रम बागमती सेवा समाज नेपालद्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण परियोजनामा आयोजित गरिएको थियो। परियोजनाले सर्लाही र महोत्तरी जिल्लाका ६ वटा पालिकामा मातृ, नवजात, शिशु र पोषण सेवा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

परियोजनाको तर्फबाट स्वास्थ्य तथा पोषण अधिकृत धिरज साहको भनाइः
“स्वस्थ शिशु प्रतियोगिता कार्यक्रम हाम्रो मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण परियोजनाको एक महत्वपूर्ण पहल हो, जसको मुख्य उद्देश्य आमाहरू र समुदायलाई बाल स्वास्थ्य, नियमित खोप, पोषण व्यवहार र मातृ–शिशु स्वास्थ्य सेवाप्रति सचेत बनाउनु हो। यस कार्यक्रममार्फत हामीले आमाहरूमा स्वास्थ्य शिक्षा प्रवाह गर्न, बालबालिकाको अवस्था बुझ्न, र समुदायमा सकारात्मक प्रतिस्पर्धाको भावना ल्याउन सफल भएका छौँ। परियोजना अन्तर्गत सर्लाही र महोत्तरीका छ पालिकामा मातृ र नवजात शिशु सेवामा पहुँच र गुणस्तर सुधार गर्न, स्थानीय सरकार तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएका छौँ।

हामी बागमती सेवा समाज नेपाल र आड्रा नेपालको साझेदारीमा समुदायस्तरमा यस्तो प्रभावकारी कार्यक्रम सञ्चालन गर्न पाएकोमा गर्व गर्छौँ र आगामी दिनमा पनि यस्ता गतिविधिमार्फत जनस्वास्थ्यमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास लिएका छौँ।”

यो कार्यक्रम बागमती सेवा समाज नेपालद्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण परियोजनामा आयोजित गरिएको थियो। परियोजनाले सर्लाही र महोत्तरी जिल्लाका ६ वटा पालिकामा मातृ, नवजात, शिशु र पोषण सेवा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।