जलेश्वर, साउन १० गते  महोत्तरी जिल्लाको प्रमुख शहर जलेश्वरको मुटु मानिने बस स्ट्यान्डदेखि खैरा चोकसम्मको सडक खण्डमा रातको समयमा पूर्ण अन्धकार हुने अवस्था सिर्जना भएको छ। सडक किनारमा जडान गरिएका सौर्य ऊर्जा (Solar Light) प्रणालीका पोलहरूमध्ये एउटा पनि सक्रिय अवस्थामा छैनन्, जसका कारण सर्वसाधारण यात्रु तथा सवारी चालकहरू गम्भीर असुविधामा परिरहेका छन्।

सबैभन्दा चिन्ताजनक अवस्था खैरा चोकस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि देखिएको छ। त्यहाँ रहेको सौर्य बत्तीसमेत विग्रिएर अन्धकार छाएको छ, तर पनि ट्राफिक प्रहरीहरू रातको समयमा उही अन्धकारमा नै चेकजाँच गर्न बाध्य छन्।

ट्राफिक प्रहरीका अनुसार अन्धकारका कारण सवारी चेकजाँच मात्र हैन, दुर्घटनाको जोखिम पनि बढेको छ। नगरपालिकाको ध्यानाकर्षण गराइएको भए पनि अझैसम्म कुनै मर्मत कार्य प्रारम्भ भएको छैन।

स्थानीय बासिन्दा समरिया देवी तथा व्यवसायीहरूले नगरपालिकालाई तत्काल मर्मत कार्य गर्न आग्रह गरेका छन्