महोत्तरी, बर्दिबास — राष्ट्रिय सहकारी बैंक लिमिटेड जनकपुर शाखाका कर्मचारी आनन्द झा राष्ट्रिय स्तरमा उत्कृष्ट कर्मचारीको रूपमा चयन भएका छन्।

बैंकको २२औँ वार्षिक साधारण सभा महोत्तरीको बर्दिबासस्थित गौतम होटलमा सम्पन्न भएको अवसरमा झालाई सम्मान प्रदान गरिएको हो। उत्कृष्ट कर्मचारी को सम्मानपत्र तथा उपहार बैंकका सञ्चालक विश्वनाथ मण्डलले उनको हातमा हस्तान्तरण गरेका थिए।

बैंकको सेवा प्रवाह, कार्यसम्पादन दक्षता तथा शाखागत जिम्मेवारी निर्वाहमा उल्लेखनीय योगदान दिएकै आधारमा झालाई उत्कृष्ट कर्मचारी घोषणा गरिएको बैंकले जनाएको छ।