महोत्तरी — जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा निर्वाचनमा खटिएका प्रहरी कर्मचारीहरूका लागि धन्यवाद तथा विदाई कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्मा, सशस्त्र प्रहरीका एसपी, अनुसन्धान शाखाका एसपी, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, पत्रकार नवीन चौधरी, विकास अर्या लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखद्वारा महोत्तरी जिल्लाभर निर्वाचनमा खटिएका प्रहरी कर्मचारीहरूलाई टीका लगाएर सम्मान गरिएको थियो।
सो अवसरमा प्रहरी उपरीक्षक हेरम्ब शर्माले स्वागत मन्तव्य राख्दै “प्रहरी मान्छेले नै प्रहरी बन्छ” भन्ने सन्देश दिँदै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिएका प्रहरी कर्मचारीहरूको योगदानको प्रशंसा गरेका थिए। उनले सम्पूर्ण सुरक्षाकर्मीहरूको समर्पण र जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।