पुष १७, महोत्तरी। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा को आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास, महोत्तरीको सहकार्य र समन्वयमा सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२ अन्तर्गत प्रभातफेरी र्‍याली कार्यक्रम बर्दिबासस्थित दीपक पार्टी प्यालेसमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव रहनुभएको थियो। विशेष अतिथिमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नी. गोविन्द थपलिया र सशस्त्र प्रहरी बल नेपाल २ नं. छिन्नमस्ता बाहिनीका बाहिनीपति स.प्र.ना.म.नी. कृष्ण ढकाल सहभागी रहनुभएको थियो।

कार्यक्रममा गोरखनाथ नाथ गण प्रकौली ब्यारेकका प्रमुख सेनानी रामप्रसाद लामिछाने, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्र.ऊ. राजकुमार सिलवाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख प्र.ऊ. हरेम्भ शर्मा लगायत सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रभातफेरी कार्यक्रममा विद्यार्थी, युवा, किशोरी, व्यापारी, पत्रकार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना र जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिएका छन्।