जलेश्वर, महोत्तरी — जलेश्वर नगरपालिका स्वास्थ्य शाखा महोत्तरीको आयोजनामा जलेश्वर उद्योग वाणिज्य सङ्घको सभा हलमा उपचारात्मक सेवा कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सुदृढीकरण विषयक पालिका स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको सेवाको गुणस्तर, न्यूनतम सेवा मापदण्डको कार्यान्वयन अवस्था तथा सेवा प्रवाहमा सुधार ल्याउने विषयमा समीक्षा गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समिति , स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरु , सरोकारवाला, स्वास्थ्य कार्यालय , रतौली युवा क्लब , नगरपालिकाका नगर प्रमुख , नगर उपप्रमुख, नि. प्र. प्र. अ. तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन, सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न तथा स्वास्थ्य चौकीहरूको क्षमता अभिवृद्धिमा जोड दिएका थिए।
कार्यक्रमले स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी, गुणस्तरीय र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।