धनुषा। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको आम सञ्चार प्राधिकरण मधेश प्रदेश को आयोजनामा धनुषाको ढल्केबरस्थित कोमल होटलमा आज एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहान ८:०० बजेदेखि सुरु भएको कार्यक्रममा मधेश प्रदेशमा दर्ता भएका विभिन्न अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चार क्षेत्रका समसामयिक विषय, अनलाइन पत्रकारिताको अवस्था, चुनौती तथा अवसरबारे छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता पुरन गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा जितेन्द्र खड्का, सन्तोष कुमार साह, ज्योति झा लगायत विभिन्न अनलाइन सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले अनलाइन सञ्चारमाध्यमको प्रभावकारी सञ्चालन, पत्रकारिताको व्यावसायिकता, डिजिटल सञ्चारका चुनौती तथा समाधानका विषयमा आफ्ना धारणा राखेका थिए। साथै, आम सञ्चार प्राधिकरण र सञ्चारकर्मीबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।