जनकपुरधाम — मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको समन्वयमा पत्रकारिता आचारसंहिता तथा भाषा र शैली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत मिडिया काउन्सिल मधेश प्रदेशद्वारा “विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धन” गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम जनकपुरधामस्थित होटल अन्जानी स्वीटमा सम्पन्न भएको हो।

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिर महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पत्रकारिताको आचारसंहिता, जिम्मेवार सञ्चार, भाषा तथा समाचार लेखन शैलीका विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो।

अभिमुखीकरण कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारितालाई अझ विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।