श्री जनता माध्यमिक विद्यालय, जलेश्वर नगरपालिका–११, महोत्तरी जिल्लामा अवस्थित एक नमूना विद्यालय हो। यस विद्यालयको स्थापना वि.सं. २०१७ सालमा भएको हो। विद्यालयमा हाल कक्षा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन-अध्यापन कार्य सञ्चालित छ।

विद्यार्थी विवरण

हाल विद्यालयमा कुल ६६७ जना विद्यार्थीहरू अध्ययनरत छन्। कक्षागत विवरण यसप्रकार छ:

कक्षा छात्रा छात्र जम्मा विद्यार्थी

बाल विकास २२ ३३ ५५
कक्षा १ २७ ३७ ६४
कक्षा २ ३६ २५ ६१
कक्षा ३ ३८ ४५ ८३
कक्षा ४ ४१ ३३ ७४
कक्षा ५ २३ ३५ ५८
कक्षा ६ २९ ३३ ६२
कक्षा ७ २७ २७ ५४
कक्षा ८ २८ २४ ५२
कक्षा ९ २१ ३१ ५२
कक्षा १० १८ १९ ३७
कक्षा ११ ८ ९ १७

मानव संसाधन

विद्यालयमा हाल १८ जना शिक्षक कार्यरत छन्, जसमा ७ जना शिक्षिका र ११ जना शिक्षक छन्। साथै, १ जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी पनि छन्।

भौतिक संरचना

विद्यालयमा हाल २० वटा कोठाहरू छन्:

११ कक्षाकोठा

१ स्टोररूम

१ कम्प्युटर प्रयोगशाला

१ प्रधानाध्यापकको कक्ष

१ प्रशासन कक्ष

१ स्टाफरूम

१ दिवा खाजा कोठा

२ जीर्ण अवस्थामा रहेका कोठाहरू (जसमध्ये एकलाई गाँसी हलको रूपमा प्रयोग गरिएको छ)

छात्र र छात्राका लागि बेग्ला बेग्लै शौचालयको व्यवस्था गरिएको छ। विद्यालयको प्राङ्गणमा पार्किङ र सरस्वती मन्दिर पनि अवस्थित छन्।

विशेष जानकारी

कक्षा ११ को परीक्षा सम्पन्न भइसकेको छ।

विद्यालयमा थप शिक्षकहरूको आवश्यकता रहेको विद्यालयका प्रधानाध्यापक – सुरेश शाहले जानकारी दिनुभएको छ।