जनकपुरधाम, असार – २१
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ स्थित बभनगामा आसमासान संरक्षण समूह द्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधाम उपमहानगरपालिका र “समृद्धिका लागि वन” अभियानको संयुक्त पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा नगरप्रमुख मनोज कुमार शाहको अध्यक्षता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश परियोजना व्यवस्थापन एकाइका संयोजक सुजित कुमार झा रहेका थिए भने वडा अध्यक्ष चन्देश्वर शाह सहित विभिन्न पदाधिकारी र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त अवसरमा बोल्दै नगरप्रमुख शाहले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुहुँदै, हरियाली विस्तारका लागि स्थानीयवासीलाई थप सक्रिय हुन आह्वान गर्नुभयो।