महोत्तरी, मटिहानी
नेपाल सरकार, ग्लोबल फन्ड र UNDP को त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९, सिमरदही स्वास्थ्य चौकीमा AI X-ray प्रविधिमा आधारित Active Case Finding (ACF) क्याम्प सम्पन्न भएको छ।

उक्त शिविरमा कुल १८५ जनाको छातीको X-ray परीक्षण गरिएको थियो। परीक्षणका आधारमा १५१ जना क्षयरोगको संकास्पद तथा ११ जना उच्च संकास्पद बिरामी पहिचान गरिएको स्वास्थ्य कार्यालय महोत्तरीका DTLO उमेश यादवले जानकारी दिनुभयो।

शिविरमा संकास्पद बिरामीहरूको ५१ वटा खकार नमुना संकलन गरि GeneXpert परीक्षणको लागि स्वास्थ्य कार्यालय महोत्तरीमा पठाइएको छ। परीक्षण रिपोर्ट Positive आएकाहरूलाई तुरुन्तै उपचारमा ल्याइने र Negative रिपोर्ट आएका व्यक्तिहरूलाई विशेषज्ञ डाक्टरबाट पुनः परीक्षण गरिने जानकारी स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले दिनुभयो।

नगरपालिकाको सक्रिय सहयोग

शिविर सफल बनाउनका लागि मटिहानी नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, तथा स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलको नेतृत्वमा सक्रिय सहयोग गरिएको थियो। पालिकाले सामुदायिक स्तरबाट शिविरसम्म बिरामी ल्याउन सवारी व्यवस्था समेत उपलब्ध गराएको थियो।

कार्यक्रमका क्रममा नगर प्रमुखले यस्ता शिविरहरूलाई निरन्तरता दिन नगरपालिका स्तरबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। साथै, प्राविधिक सहयोगका लागि बागमती सेवा समाज नेपाल सधैं तयार रहेको जानकारी टीम लिडर नथुनी कुमार मण्डलले दिनुभएको छ।

कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा जिल्ला परियोजना संयोजक प्रमित कुमार साह र वहाँको टोलीको भूमिका विशेष रह्यो।

स्थानीय समुदायमा क्षयरोग पहिचान तथा नियन्त्रणका लागि यस किसिमका शिविरहरू अत्यन्तै प्रभावकारी र सफल सावित भइरहेका छन्।