चैत्र ०९ गते,रोशन मिश्र/महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ०२ स्थित ममज होटेलको हलमा एकीकृत ग्रामीण बिकास समाज महोत्तरी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको समन्वयमा समुदाय स्तरीय खोज तथा उद्वार तालिम कार्यक्रम अन्तरगत आज दोस्रो दिन आगलागी बाट बच्ने उपायहरु तथा तरिकाहरुलाई सैद्धान्तिक तथा ब्यबहारिक अभ्यास गरिएको थियो ।

कार्यक्रममा जिल्ला अन्तरगतका एकडारा गाउपालिका, सम्सी गाउपालिका, र जलेश्वर नगरपालिकाको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक को रुपमा श्री गोरखनाथ गणका सेनानी धुव कार्की, सशस्त्र प्रहरि बलका सशस्त्र प्रहरी निरीक्षक दिव्य राज चोङ्वाङ, स प्र स नि संजित कुमार मन्डलद्वारा सहभागी भएका ब्यक्तिहरुलाई प्रशिक्षण दिइयो ।

कार्यक्रममा एकीकृत ग्रामीण बिकास समाजका कार्यक्रम ब्यबस्थापक कुमार भण्डारीले स्थानीय स्तरमा विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति तयार गर्ने, समुदायमा बाढी, डुवान, आगलागी, जस्ता विपदको समयमा स्थानिय स्तरबाटै खोज तथा उद्वारका लागि कार्य गर्ने र स्थानीय विपद ब्यबस्थापन समितीलाई विपद प्रतिकार्यमा क्षमता अभिवृद्धि गर्ने जस्ता उदेश्य लिएर हामी यो तालिम सञ्चालन गरेका छौ भनी जानकारी दिनुभयो ।

कार्यक्रममा आइ आर डि एस का उपाध्यक्ष फुलमाया घिसिङ, भुपेन्द्र निरौला, राजिब कुमार झा समेतको उपस्थिति रहेको थियो ।